पूर्वकानूनमन्त्री तथा पुर्व महान्यायाधिवक्ता अग्नि खरेल एमालेको सचिव पदमा लड्दै
काठमाडौं– पूर्वकानूनमन्त्री तथा पुर्व महान्यायाधिवक्ता अग्नि खरेल एमालेको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

ओलीको गृहजिल्ला झापाका नेता अग्नि खरेल सचिवको आकांक्षी थिए । तर उनलाई ओलीले केन्द्रीय सदस्यको उम्मेदवार बनाइयो । यसबाट असन्तुष्ट खरेल सचिवमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । कानुनमा राम्रो मानिने उनलाई एमालेभित्र राम्रो व्यक्तिका रुपमा हेरिन्छ ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् । उनी कानुनी मन्त्री र महान्यायाधिवक्ता हुँदा केही महत्वपुर्ण काम गरेका कारण एमालेभित्र उनको राम्रो पहिचान छ ।
![]() |
![]() |
![]() |
|---|



