Close

Recent Posts

साढे १७ महिनालाई आयात धान्न गरी विदेशी मुद्रा सञ्चिति ३० खर्ब

साढे १७ महिनालाई आयात धान्न गरी विदेशी मुद्रा सञ्चिति ३० खर्ब
  • ३० मंसिर २०८२, सोमबार २०:४०

काठमाडौं– विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पहिलो चार महिना (कात्तिक) सम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।

mulpatra

यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । वस्तु आयात भने २०.८ महिनाको धान्न पर्याप्त हुने देखिएको छ ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म १९ अर्ब ५० करोड थियो । चार महिनामा डलरमा १०.३ प्रतिशतले वृद्धि भएको छ ।

mulpatra mulpatra mulpatra

तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको सञ्चिति असारको तुलनामा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । असारसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ । असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ४ करोड थियो ।

कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ५० प्रतिशत पुगेको छ । कुल आयातको १४४.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँग ३७.८ प्रतिशत छ ।

Image Source: © https://mulpatra.com

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार कात्तिकसम्म ७ प्रदेश सरकारले २१ अर्ब ४१ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् । त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४७ अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १२ अर्ब ४८ करोड रुपैयाँ छ ।