Close

Recent Posts

ओलीलाई हराउन उनैका असन्तुष्ट पक्षको अर्को प्यानल सक्रिय, दबाबमा ओली पक्ष

ओलीलाई हराउन उनैका असन्तुष्ट पक्षको अर्को प्यानल सक्रिय, दबाबमा ओली पक्ष
  • ३० मंसिर २०८२, सोमबार १६:०८

काठमाडौं– नेकपा एमालेको जारी ११ औँ महाधिवेशनको तेस्रो दिन मंसिर २९ गते उम्मेदवार मनोनयको कार्यतालिका छ । साँझ उम्मेदवारको नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र स्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारी मनोनयन चलिरहेको छ ।

mulpatra

एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

mulpatra mulpatra mulpatra

महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् । भोलि (मंगलबार) हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । ओली समूहको उपाध्यक्ष पदमा प्रदीप ज्ञवालीको नाम सार्वजनिक भएको छ । तर, उनले भने उपाध्यक्ष बन्न अनिच्छा देखाएको स्रोतले बताएको छ ।

यस्तै एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले पनि उम्मेदवारी दिएका छन् । एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए ।

यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको छुट्टाछुट्टै प्यानल बनिरहेको छ । तर ओली पक्षकै कतिपय नेता अहिले उम्मेदवारी नपाएपछि असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् । भने ओलीकै असन्तुट पक्षले पनि भित्र–भित्रै अर्को प्यानलमा तयारी थालेको एमाले एक जना शीर्ष नेताले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

ओलीका कानुनी सहयोगीका रुपमा काम गदै आएका स्थायी कमिटि सदस्य अग्नि खरेलले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रखर कानुनी रुपमा परिचित उनी एमालेभित्र राम्रो वकालत गर्दै आएका छन् । जसका कारण उनको सचिवमा सम्भावना बढेको छ ।

केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि मैदानमा प्यानलसहित उत्रिएका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदै छन् ।

ोखरेलले पूरै प्यानल नबनाए पनि पदाधिकारीको प्यानल बनाएका छन् । पोखरेलको पदाधिकारी प्यानलमा रहेका एक नेता त ओली समूहको केन्द्रीय सदस्यको सूचीमा छन् । ओली समूहको सदस्य सूचीमा रहेका कृष्णगोपाल श्रेष्ठ पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन् ।

ओली समूहले ३०१ सदस्यीय केन्द्रीय कमिटीकै सूची तयार पारेको छ । यो सूचीमा नअटाएका नेताहरूको असन्तुष्टिमा पोखरेल समूहले उनीहरूलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेको छ ।