ओलीकै टिममा असन्तुष्ट बढ्दा पोखरेललाई फाइदा, उपाध्यक्षमा गोर्कण, महासचिवमा पाण्डे र सचिव खेरल बलिया दाबेदारउपमहासचिव योगेश र रघुवीर, सचिवमा महेश पनि
काठमाडौं– ओली र पोखरेल प्यानलसहित प्रतिस्प्रर्धामा रहेका हुन् । ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल र ईश्वर प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् ।

मतदानस्थल भृकुटीमण्डपमा बिहान देखि नै नेता÷कार्यकर्ताहरू उपस्थित छन् । उम्मेदवारका पक्षधर नेता÷कार्यकर्ताहरू प्रचारमा रहेका छन् ।
नयाँ नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जारी पार्टीको ११औँ महाधिवेशनअनर्गत नयाँ नेतृत्वका लागि परेको उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको हो । निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुने भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|
संशोधित विधानअनुसार पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव रहने छन् । आकांक्षीहरूको व्यवस्थापनकै लागि विधान संशोधन गरिए पनि त्यसले ओली पक्षका आकांक्षीको व्यवस्थापन पूर्ण रूपमा हुन नसकेको देखिएको छ ।
लामो समयदेखि ओली निकट भनेर चिनिएका कतिपय नेताले विद्रोह गरेर ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् भने कतिपयले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसका कारण एमाले अध्यक्ष केपी ओली ११ औं महाधिवेशनमा कमजोर भएको स्यंम एमालेकै महाधिवेशनमा सहभागि प्रतिनिधिहरु बताउँछन् ।
मूलपत्र डटकमले गरेको एक सर्वोक्षणमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदा पोखरेल नै अगाडी देखिएका छन् । मूलपत्रले ५ सय १४ जना प्रतिनिधिमा गरेको सर्वोक्षणमा ओलीभन्दा पोखरेल ५५ मत अगाडी देखिएका छन् ।
Image Source: © https://mulpatra.com
मूलपत्रले सोमबार र मंलगबार बिहानसम्म गरेको सर्वोक्षणमा ५ जना १४ जनामध्ये ३ सय १२ जनाले पोखरेलाई मत दिने बताएका थिए । भने २ सय २ जना प्रतिनिधिले मात्र ओलीलाई मतदान गर्ने राय राखे ।
सबै प्रदेशबाट ७३–७३ जनासँग गरेको सर्वोक्षणमा सातै प्रदेशमा ओली कमजोर देखिएको छ । महासचिवमा पनि शंकर पोखरेलभन्दा सुरेन्द्र पाण्डेनै अगाडी देखिएका छन् । ५ सय १४ जान मध्ये ३ सय २१ जानेले महासचिवमा पाण्डे रोजेका छन् ।
भने उपाध्यक्षमा सबैभन्दा पपुलर गोकूण विष्ट देखिएका छन् । विष्टलाई ५ सय १४ मध्ये ३ सय ९० जनाले उपाध्यक्षमा ल्याउन मतदान गर्ने बताएका छन् ।
साथै विष्णु पौडेल, रघुजी पन्त, विन्दा पाण्डे, भीम आचार्य र अरुण नेपाल पनि अगाडी देखिएका छन् । यस्तै उपमहासचिवमा योगेश भट्टराई र रघुवीर महासेठ अगाडी देखिएका छन् । सचिवमा अग्नि खेरल, विनोद ढकाल, महेश बस्नेत, कर्ण बहादुर थापा, रचना खड्कार ठाकुर प्रसाद गैरेलाई सहभागि प्रतिनिधिले रुचाएका छन् । ५ सय १४ मा गरेको सर्वोक्षणमा ३ सय जनाले खरेल सचिवमा मतदान गर्ने बताएका छन् ।
सार्वजनिक विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको । त्यस्तै, पाँच पदको उपाध्यक्षमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा. विन्दा पाण्डे र विष्णु पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै, एक पदको महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।
विद्रोहको लहरमा सबभन्दा अग्रपंक्तिमा आउँछन्, प्रदीप ज्ञवाली थिए । उनी महासचिवका आकांक्षी थिए। तर ओलीले पूर्वमहासचिव शंकर पोखरेललाई यसपालि पनि निरन्तरता दिएर ज्ञवालीलाई उपाध्यक्षमा सेट गराउन खोजेपछि ज्ञवालीले विद्रोह गरे ।
लामो समयदेखि ओलीका ’डाई हार्ड फ्यान’ भनेर चिनिएका कृष्णगोपालले यसपालि ईश्वर पोखरेल समूहबाट सचिव पदका लागि उम्मेदवारी दिएका छन् । श्रेष्ठ तिनै व्यक्ति हुन् जसले पार्टीभित्र र बाहिर ओलीको विरोध हुँदा सार्वजनिक रूपले बचाउमा ओर्लिन्थे ।
पछिल्लो पटक ओलीकै पक्षमा खुलेका रघुजी पन्त पनि आखिरमा पोखरेलतिर लागेका छन् । आफू प्रधानमन्त्री हुँदा ओलीले शिक्षामन्त्री बनाएका रघुजी पन्तले पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता रहेका अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सचिव पदका आकांक्षी उनले ओलीको टिममा नअटाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
अनुशासन आयोग प्रमुखमा उम्मेदवार प्रस्ताव गरिएका काशिनाथ अधिकारीले पनि टिममा विद्रोह गरी कुनै पदमा उम्मेदवारी दिएनन् । अनुशासन आयोगकै उपाध्यक्षको उम्मेदवार प्रस्तुत गरिएका लीला गिरीले पनि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए ।
गिरी तिनै हुन्, जो लुम्बिनी प्रदेशमा संसदीय दलका नेता हुँदाहुँदै मुख्यमन्त्री बन्न रोकिएका थिए। पोलिटब्युरो सदस्य भइसकेका उनी आयोगको उपाध्यक्षमा सीमित गर्न खोजिएको भन्दै रूष्ट भए ।
नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनुअघि केपी शर्मा ओली पक्षका नेताहरुले महाधिवेशन स्थलमा आक्रामक प्रचार गरिरहेका छन् । ईश्वर पोखरेल समूह भने फिल्डमा सुस्त देखिन्छ । नेताहरूका अनुसार ईश्वर पोखरेल समूह फिल्डमा कम देखिएता पनि भित्री रणनीतिमा रहेको छ ।



