विद्युतीय भोटिङबाट नेतृत्व चुन्दै एमाले, ७ बजेबाट मतदान
काठमाडौं– नेकपा एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन गरिँदैछ । मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ ।

महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भएपनि ८० वटा मेसिन प्रयोग गर्नेगरी तयारी भएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ । मतदानमा २४०० प्रतिनिधि सहभागी हुँदैछन् ।
![]() |
![]() |
![]() |
|---|
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अब बाँकी रहेको मतदान भने राति ८ बजेभन्दा अगाडि शुरु गर्न नसकिने विद्युतीय मतदान उपकरणका सेवा प्रदायक रामलक्ष्मणका रामले बताएका छन् ।
दिउँसो ३ बजे उम्मेदवारको संशोधित र अन्तिम नामावली प्राप्त भएको हाे ।
Image Source: © https://mulpatra.com



