नेकपा एमाले महाधिवेशनमा आज मतदान हुँदै
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । हिजो साँझ ८ बजे देखि मतदान गर्ने भनेर लाइनमा लागिसकेपछि प्राविधिक कारण देखाउँदै आजलाई सारिएको थियो ।

विद्युतीय मतदान मेसिनबाट मतदान गर्न लागिएको एमाले महाधिवेशनमा साँझ मतदान सुरु नै नभएपनि मेसिनमा प्राविधिक समस्या आएको जनाउँ दिँदैि आझ विहान ८ बजेलाई सारिएको थियो । मतदान प्रक्रिया स्थगित निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो ।
मतदान गर्ने विद्युतिय मेसिन ‘राम–लक्ष्मण इनोभेसन’ कम्पनीले बनाएका हुन् । मेसिनमा उम्मेदवारको नाम युनिकोडमा लेख्नुपर्नेमा केहीको नाम प्रीति फन्टमा ‘इन्ट्री’ भएकाले समस्या आएको बताए पछि प्रतिनिधिहरु आक्रोसित बनेका थिए ।
२,२६२ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्ने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगायत विभिन्न पदका ३२० जना भन्दा बढी पदकालागि प्रतिस्पर्धा हुँदैछ ।
![]() |
![]() |
![]() |
|---|
एकजनालाई सबै पदमा मतदान गर्न पच्चीस मिनेट बढीको समय लाग्ने भएको कारण मतदान गर्न चौध घण्टा बढी लाग्ने देखिएको छ ।



