Close

Recent Posts

अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत,लगाए ४० मिनेट

अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत,लगाए ४० मिनेट
  • २ पुष २०८२, बुधबार १०:४५

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मत हालिसकेका छन् ।

mulpatra

काठमाडौँको भृकुटीमण्डपमा जारी एमाले निर्वाचनमा बिहान ९ बजे आसपास मतदान सुरु भएको हो। मतदान विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको हो ।

शंकर पोखरेल अध्यक्ष ओली समूहबाट महासचिव पदमा उठेका हुन् भने उनलाई ईश्वर प्यानलबाट सुरेन्द्र भण्डारीले चुनौती दिइरहेका छन् ।

mulpatra mulpatra mulpatra

ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार पोखरेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय लगाएको प्राविधिकहरुले जानकारी दिए ।

एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । ओली र पोखरेल लगायतका नेताहरु सँगै मतदान गर्न गएका थिए ।