सिण्डिकेटधारीसँग मात्र लसपस गर्दै आएका श्रमसचिव पुष्करले कामदार झुक्याउन १० सेलको नयाँ फण्डापुरानो कल सेन्टर प्रभावकारी नभएकै बेला ‘हेल्प टु हेल्प १० सेल’
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । योभन्दा ८ वर्ष अगाडीदेखि यस्तै काम गर्ने कल सेन्टर पनि सञ्चालनमा छ ।

‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना लगायतका विषय समावेश छन् ।
सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली सुरु गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
सेल स्थापना गर्नुका मुख्य तीन वटा उद्देश्य छन् । श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकुन्, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकुन् र वैदेशिक रोजगारमा पूर्ण सुरक्षितता सुनिश्चित होस् भन्ने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले जानकारी दिए ।
पुष्करले पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने उनले बताए । ‘पछिल्लो समय टिकटक, फेसबुकका रिललगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौं’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ । त्यसबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुन्छ ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
तर श्रम सचिव पुस्कर भने श्रम मन्त्रालयका आएदेखि नै कमाउन वैदेशिक रोजगारी क्षेत्रका सिण्डिकेटधारी, विचौलिया र केही म्यानपावर व्यवसायीसँग मात्र छलफलमा व्यस्त छन् । श्रम सचिव भएर आएको १ वर्ष हुन लाग्दा समेत उनले केही काम गर्न नसकेपछि अहिले उनको विरोध भइरहेको छ ।
सचिव पुष्कर श्रम मन्त्री नभएपछि मनपरी ढंगले सिण्डिकेटधारी व्यवसायीसँग साँठगाँठमा छन् । उनले वैदेशिक रोजगारी क्षेत्र सुध्रनतिर ध्यान दिएका छैन । भने उनले बिचौलियासँग मात्र संगत गर्दा श्रम र वैदेशिक रोजगारी क्षेत्रका समस्या जटिल बन्दै गएको छ ।
पुस १ देखि ७ गतेसम्म नेपालमा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नाराका साथ २५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन लागिएको हो । मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय रूपमा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि साप्ताहव्यापी रुपमा मनाउन लागेको हो ।
२)७५ सालमै बैदेशिक रोजगार बोर्ड सचिवालयको ब्यवस्थापनमा सञ्चालनमा आएको कल सेन्टरमा विशेषत वैदेशिक रोजगारीमा हुने गरेका ठगी तथा गुनासाहरु टिपाउन सकिनेछ । साथै आफ्ना गुनासा तथा समस्या सम्वोधन भए नभएका बारेमा जानकारी पाउन सकिने भन्दै कल सेन्टर ल्याएको छ । यो कल सेन्टर अहिले पनि सञ्चालनमा छ ।
कल सेन्टरमार्फत गुनासा तथा समस्याहरु मन्त्रालय र सम्बद्ध निकायसम्म पुग्नेछन् । ती गुनासा तथा समस्या सम्वोधनका लागि भइरहेका प्रयास र समाधान भए नभएको बारे पनि सूचना लिन सकिनेछ । तर अहिले यो कल सेन्टर नाम मात्रको जस्तै छ ।
बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, बिदेशमा अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्किन चाहनेले वा तिनका परिवारले निशुल्क कल सेन्टरमा सम्पर्क गरि सहायताका लागि अनुरोध गर्न सक्ने छन् ।
त्यस्तै विदेशमा कुनै कारणले मृत्यु भएमा उनीहरुको शव ल्याउन वा सहायताका लागि आग्रह गर्न सक्नेछन्। झुटा मुद्दामा परि जेल सजाय भोगिरहेका कामदारले पनि सहायता लिनसक्ने छन् । तर यो पनि त्यस्तो प्रभावकारी भएको देखिन्न ।



