असारमा बस्दै एमालेको केन्द्रीय कमिटि बैठक, पार्टी कार्यालय मदननगरमै बनाउने निर्णय
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटि बैठक असार दोश्रो सातासम्म बस्ने गरि निर्णय भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डमा तीन दिन सम्म चलेको सचिवालय बैठकले असार दोश्रो साता भित्र केन्द्रीय कमिटि बैठक बोलाउने निर्णय गरेको छ ।

सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने अधिकांश सचिवालय सदस्यको माग उठिरहँदा केन्द्रीय कमिटि बैठक ठाक्ने गरि बैठक समापन भएको छ । अध्यक्ष र महासचिवबिच परामर्श गरी केन्द्रीय कमिटी बैठकको मिति तोकिने छ।
तीन दिन सम्म चलेको बैठकमा पार्टी कार्यालय मदननगर बल्खुमै बनाउने, भाटभटेनीका साहु मिन बहादुर गुरुङबाट प्राप्त जग्गा उनैलाई फिर्ता दिने जस्ता निर्णय समेत गरेको छ ।
![]() |
![]() |
![]() |
|---|



