एमाललेले बिष्णु पौडेलको नेतृत्वमा बनायो संविधान सुझाव कार्यकदल
काठमाडौं । बालेन शाह नेतृत्वको सरकार आएपछि बहसमा आएको संविधान संसोधनको विषय समेट्ने गरि नेकपा एमालेले संविधान सुझाव कार्यदल गठन गरेको छ। तीन दिन सम्म चलेको पार्टीको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको हो।

सुझाव कार्यकदलमा उपाध्यक्ष विष्णु पौडेलसहित १२ सदस्यहरु रहेका छन्। कार्यदलले संविधानको मूल मर्ममा परिवर्तन नहुने गरि संसोधन गर्न सकिने विषयहरुमा छलफल गरि निकष्र्ष निकालिने सदस्य कृष्णभक्त पोखरेलले जनाएका छन् ।
कार्यदलको सदस्यमा उपाध्यक्ष रघुजी पन्त, सचिव छविलाल विश्वकर्मा, सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य जुलीकुमारी महतो नेताहरू अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल कानुनविद् टीकाराम भट्टराई, एमाले नेता पासाङ शेर्पा, पूवमहान्यायाधिवक्ता रमेश बडाल, अमर थापा लगायत सदस्य छन्।
![]() |
![]() |
![]() |
|---|



