नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लुम्बिनी सरकार
काठमाडौं । केन्द्र सरकारको बजेट घोषणा हुने दिन नजिकिएसँगै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने व्यवस्था बमोजिम लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । संविधानले व्यवस्था गरे बमोजिम जेठ १५ मा केन्द्रको बजेट ल्याउनु पर्ने व्यवस्था छ । त्यसैगरि असार १ सम्म प्रदेश सरकारको बजेट र असार १० गते सम्ममा स्थानीय पालिकाहरुले बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।
आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ ।



