एमाले महाधिवेशन निर्वाचनः साढे १ बजे सम्म खस्यो ५ सय मत
काठमाडौं । नेकपा एमालेको भृकुटी मण्डपमा जारी महाधिवेशनमा मतदान भइरहेको छ । विद्युतीय मतदान मेसिनबाट भइरहेको मतदानमा साढे १ बजे सम्म ५ सय मत खसेको छ । त्यसमध्ये असी जनाले भने मतदान गरिरहेको मतदान अधिकृतले जनाएका छन् ।

असी वटा मतदान मेसिनबाट मतदान भइरहेको एमाले महाधिवेशनको मतदान सम्पन्न गर्न राति १ बजे सम्म लाग्ने देखिएको छ ।
९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । अहिले साढे १ बजे सम्मको ४ घण्टाको अवधिमा जम्मा ५ सय मतदाताले मतदान गरेकाले मध्य रात सम्म लाग्ने देखिएको हो ।
![]() |
![]() |
![]() |
|---|
एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । जसमा १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ आयोगका लागि मतदान भइरहेको हो। मतदानको सुरुवात अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेका थिए ।



