Close

Recent Posts

जेनजी आन्दोलनको समयमा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको म्याद थप गर्ने तयारी

जेनजी आन्दोलनको समयमा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको म्याद थप गर्ने तयारी
  • २ पुष २०८२, बुधबार १७:२९

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगले सरकार समक्ष म्याद थपका लागि आग्रह गरेको छ ।

mulpatra

गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनमा भएको घटना र दमनका विषयमा छानविन गर्न आयोग गठन गरिएको थियो । आयोगलाई दिएको समय सिमा भित्र काम गर्न नसक्ने भएपछि एक महिना म्याद थप्न सरकारलाई बुधबार आग्रह गरेको छ ।

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका पदाधिकारीहरूले म्याद थपबारे बताएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको थियो । आयोगले सुरुमा तीन महिनाको म्याद पाएको थियो । आयोगले विभिन्न व्यक्तिहरुसँग बयान लिने काम गरिरहेको र अझै बयान संकलनको काम नसकिएकोले म्याद थपको आवश्यक भएको बताइएको छ ।

mulpatra mulpatra mulpatra

आयोगले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र अन्य राजनीतिक नेताहरूलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ ।