प्लेन चड्ने भाग्यमानी खगेन्द्रप्रसाद र रुद्रकली
काठमाडौं । खगेन्द्रप्रसाद र रुद्रकली प्लेन चड्ने भाग्यमानी हात्ती भएका छन् । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दुई हात्ती दिने निर्णय गरेको थियो । खगेन्द्रप्रसाद र रुद्रकली नामाकरण गरिएका ती हात्ती आज कतार उडेका हुन् ।

आज बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दूई हात्ती कतारका लागि उडेका छन् ।
कतार एयरवेजको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत खगेन्द्रप्रसाद र रुद्रकली हात्ती आज ५ बजे उडेका छन् ।
![]() |
![]() |
![]() |
|---|
दुई हात्तीलाई मंगलबार चितवनबाट भैरहवा ल्याइएको थिए। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजननमा जन्मिएका हात्तीको नाम रुद्रकली र खगेन्द्रप्रसाद राखिएको थियो ।
नेपालले विभिन्न समयमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रियस्तरमा परिचित गर्न विभिन्न वन्यजन्तुहरु उपहार दिँइदै आइएको छ ।



