Close

Recent Posts

सिलगुढीमा पुर्वराजा ज्ञानेन्द्र र आरएसएस प्रमुख मोहन भारतवीच भेटवार्ता, प्रसाईको लाइन पनि जनमत संग्रहमार्फत हिन्दुराष्ट्र

सिलगुढीमा पुर्वराजा ज्ञानेन्द्र र आरएसएस प्रमुख मोहन भारतवीच भेटवार्ता, प्रसाईको लाइन पनि जनमत संग्रहमार्फत हिन्दुराष्ट्र
  • ३ पुष २०८२, बिहीबार ११:२४

काठमाडौं– भारतको सिलगुढीमा पुर्व ज्ञानेन्द्र शाह र आरएसएस प्रमुख मोहन भारतबीच भेटवार्ता भएको राजानिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुबीच १० बजेदेखि भेटवार्तामार्फत छलफल जारी रहेको छ ।

mulpatra

राजा ज्ञानेन्द्र शाह झापाबाट भारतको सिलगुढी पुगेका थिए । भने मोहन भारत पनि कार्यक्रम विषेशले सिलगुढी भएका बेला भेटवार्ता र नेपालको राजनीतिक विषयमा छलफल भएको हो ।

उनीहरुबीच नेपालमा राजतन्त्रसहितको हिन्दुराष्ट्र कसरी ल्याउने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । भने अहिले छलफलमा के–के भयो बाहिरिएको छ ।

mulpatra mulpatra mulpatra

युनाइटेड न्यूज अफ इण्डियाका अनुसार, मोहन भागवतले सिलीगुड़ीमा आरएसएसको शताब्दी वर्षका कार्यक्रमका लागि १८–१९ डिसेम्बरमा दुई कार्यक्रमहरू सम्हाल्ने तालिका रहेको थियो । युवाहरूको सम्मेलन र आरएसएसको १०० वर्षको यात्रा नामक चर्चा कार्यक्रम समावेश गरिएको थियो ।

स्थानीय सञ्चार माध्यमले पनि उनको सिलीगुड़ी आगमन र कार्यक्रम तयारीको बारेमा रिपोर्ट गरेका छन्। उदाहरणका लागि रिपोर्टले त्यो दुई दिनको प्रवास र १८ तारिखमा युवा स्वयंसेवकहरूलाई सम्बोधन गर्ने योजनाबारे बताएको छ ।

यता नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले समेत अबको देशको निकास भनेको तथा देशको संकट टार्ने हो भने ,देशलाई जोगाई राख्ने हो भने, बिदेशिहरुको हस्तक्षेपबाट देशलाई मुक्त गर्ने हो भनेका छन् । उनले आफनो फेसबुक स्टाटसमा
१) आमूल परिवर्तनका लागि जन आन्दोलन
२) जनमत संग्रह।

Image Source: © https://mulpatra.com

यसका लागि आम नागरिकमा तयारी रहन हार्दिक अनुरोध गर्दछु। भन्ने सन्देश प्रवाह गरेका छन् । हाल सरकार र प्रसाईबीच वार्ता भएपछि केही निष्र्कष आएपछि उनी पुन आन्दोलनको तयारीमा छन् ।