तेस्रो पटक नेकपा एमालेको अध्यक्ष बने केपी शर्मा ओली

तेस्रो पटक नेकपा एमालेको अध्यक्ष बने केपी शर्मा ओली
  • ३ पुष २०८२, बिहीबार १३:१९

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भएको मतगणनामा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । ओली यो सँगै तेस्रो पटक नेकपा (एमाले)को अध्यक्ष बन्न सफल भएका छन् ।

mulpatra

महाधिवेशनमा अध्यक्षका लागि ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

महाधिवेशनमा जम्मा २,२२७ प्रतिनिधिले मत खसालेका थिए ।

भृकुटी मण्डप मै भएको ९ औं महाधिवेशनमा केपी शर्मा ओली पहिलो पटक नेकपा एमालेको अध्यक्ष भएका थिए । त्यसपछि सौराहा चितवनमा भएको १०औँ महाधिवेशनमा दोश्रो पटक अध्यक्ष बन्न सफल भएका थिए भने ११ औं महाधिवेशनमा तेश्रोपटक जित निकाल्दै उनले ह्याट्रिक गरेका छन् ।