एमाले ११औ महाधिवेशनः पदाधिकारीमा कति मत ल्याई विजयी भए

एमाले ११औ महाधिवेशनः पदाधिकारीमा कति मत ल्याई विजयी भए
  • ३ पुष २०८२, बिहीबार १३:४८

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भएको मतगणनामा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । ओली यो सँगै तेस्रो पटक नेकपा (एमाले)को अध्यक्ष बन्न सफल भएका छन् ।

mulpatra

महाधिवेशनमा अध्यक्षका लागि ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । परिणाम अनुसार पोख्रेले १२२८ र सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

उपाध्यक्षमा गोकर्ष विष्ट, पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, रघुजी पन्त निर्वाचित भएका छन् । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरूङले १७३७, विष्णु प्रसाद पौडेलले १६७५, राम बहादुर थापाले १५१६, गोकर्णराज विष्टले १३६८, रघुजी पन्तले १२५८ मत प्राप्त गरि विजयी भएका छन् ।

उपमहासचिवमा योगेश भट्राई लेखराज भट्ट, रघुवीर महासेठ निर्वाचित भएका छन् । भट्टराईले १३४८ मत, लेखराज भट्टले १४५२, रघुविर महासेठले १३६८ मत प्राप्त गरि विजयी भएका छन् ।

सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५,राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भएका छन् ।

महाधिवेशनमा जम्मा २,२२७ प्रतिनिधिले मत खसालेका थिए ।