Close

Recent Posts

माफी माग्दै एमालेको सक्रिय राजनीतिबाट विदा भए नेता कासिनाथ अधिकारी

माफी माग्दै एमालेको सक्रिय राजनीतिबाट विदा भए नेता कासिनाथ अधिकारी
  • ४ पुष २०८२, शुक्रबार १०:२३

काठमाडौं । भरखरै ११ औं महाधिवेशन सकेको नेकपा एमालेका विद्धान नेता काशिनाथ अधिकारीले राजनीतिबाट बिदा लिएको सामाजिक सन्जाल मार्फत घोषणा गरेका छन् ।

mulpatra

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत माफी माग्दै लेखेका छन् ‘लामो राजनीतिक जीवनमा म बाट भएका भूलचुकहरू प्रति सम्बन्धित सबैसंग क्षमा माग्दछु ।’
उनले लेखेका छन् ‘पचास बर्षको राजनीतिक जीवनमा ४४ बर्ष पूर्णकालिन भएर काम गरें । जति दिन काम गरें पुरा मनले गरें । इमान, निष्ठा र समर्पणकासाथ गरें । तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें ।’

पार्टी भित्र भएको अन्तरविरोध र काम गर्ने कार्यशैलीको विरोध गर्दै उनले थप भनेका छन् ‘म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुं, जसरी पनि जिम्मा पुरागर्ने मेरो कार्यशैली रह्यो ।’
उनले कहिले पद र अवसरका लागि मरिहत्ते नगरेको भन्दै थप भनेका छन् ‘नेकपा (एमाले)मा लगातार ३३ बर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइन । म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएं । समाज बदल्न हिंडेको वास्तबिक झोले कार्यकर्ता थिएं ।

उनको असल कम्युनिष्ट बन्ने सपना भएपनि सबै मानक पुरा गर्न नसकेको भन्दै पार्टी साधारण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम काम गरिरहने समेत घोषणा गरेका छन् ।