Close

Recent Posts

एमाले ११ औँ महाधिवेशनमा झापा –५ बाटै २ परिवारका ६ जनासहित १३ केन्द्रीय सदस्य

मुख्यमन्त्रीकै परिवारबाट ३ जना

एमाले ११ औँ महाधिवेशनमा झापा –५ बाटै २ परिवारका ६ जनासहित १३ केन्द्रीय सदस्यमुख्यमन्त्रीकै परिवारबाट ३ जना
  • ४ पुष २०८२, शुक्रबार १५:०६

काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीले शानदार विजय निकाले । उनको प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओली तेस्रोपटक पार्टी अध्यक्षमा विजयी भएका हुन् ।

mulpatra

कोशी प्रदेशबाट केन्द्रीय पदाधिकारीमा ५ जना विजयी भएका छन् । जसमा अध्यक्ष केपी शर्मा ओली, सचिवमा योगेश भट्टराई, भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका हुन् ।

झापाबाट अध्यक्षमा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् । त्यसमा पनि ओलीकै निर्वाचन क्षेत्र झापा ५ को दमकको दुई परिवारबाट मात्र ६ जना केन्द्रीय सदस्यमा निवार्चित भएका छन् ।

झापा दमककै होम बहादुर थापा र गोविन्द थापा दाजु भाइ हुन् भने रोमनाथ ओली उनीकै भिनाजु हुन् । यस्तै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र दिपक कार्की दाजु–भाइ हुन् । केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की दिपककी उनकी श्रीमति हुन ।

यसैगरी झापा–५ कै निर्मला पाठक, सुनिता बराल, मेनुका काफ्ले, गीता अधिकारी, इन्द्र भण्डारी, जलवर्षा राजवंशी र देवेन्द्र दाहाल केन्द्रीय सदस्यमा निवार्चित भएका छन् ।

झापाबाट केन्द्रीय सदस्यमा झापाबाट देवेन्द्र दाहाल, दिपक कार्की, रोमनाथ ओली, अग्नी खरेल, चिन्तन पाठक, होमबहादुर थापा, मेनुका काफ्ले, सुनिता बराल, मिना उप्रेती पोखरेल, गीता अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक नर्वदा, जीतु दर्जी गौतम र एलिजा गौतम निर्वाचित भएका हुन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की निर्वाचित भएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

झापा ११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित १९ मध्ये ७ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् । चिन्तन पाठक, होमबहादुर थापा, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिजा गौतम केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन् ।

महाधिवेशनबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भएका छन् । उनका दाजु दिपक कार्की भने केन्द्रीय सदस्यमा विजयी भएका छन् । केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की उनकी श्रीमति हुन । आयोग सदस्य समेत केन्द्रीय सदस्यकै हैसियतमा हुन्छ ।

कार्की दाजु भाइ नै ओलीको प्यानलमा थिए । दाइ कार्की संविधानसभाका सदस्य हुन् भने भाई कार्की दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा बाहल छन् । निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

झापा क्षेत्र नं. तीन भने यो नतिजाबाट असन्तुष्ट बनेको छ । ७० सालको निर्वाचन देखि संघिय सांसदलाई सुर्यचिन्हमा भोट हाल्न नपाएका झापा क्षेत्र नं. ३ का कोही नेतालाई केन्द्रमा नसमेट्नुले उपेक्षा गरेको एक जिल्ला नेताले बताए ।

झापा क्षेत्र नं. १ का पुराना नेता रविन कोइराला केन्द्रिय सदस्यमा हारेपछि मिना पोखरेल उप्रेती मात्र निर्वाचित भएकी छिन भने झापा ४ बाट युवा नेता मनोज ताम्ली निर्वाचित भएका छन् ।

झापा २ समेत यसपालि भाग्यमानी मानिएको छ । झापा २ बाट समेत ५ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् । पुर्वमन्त्री अग्नी खरेल, चिन्तन पाठक, एलिजा गौतम, जितु दर्जी गौतम, निर्मला पाठक झापा दुईबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।