भोलीदेखि ११ बजेदेखि देशव्यापी आन्दोलन गदै मिराज ढुङ्गाना समूह

भोलीदेखि ११ बजेदेखि देशव्यापी आन्दोलन गदै मिराज ढुङ्गाना समूह
  • ६ पुष २०८२, आईतवार १४:२५

काठमाडौँ– जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

mulpatra

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुंगानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । उनले संयुक्त जेनजी आन्दोलन घोषण सभामा उनले भने– ‘केहि संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्छ ।’ उनले जेनजी आन्दोलनमा सहभागी भएकाहरूलाई निशर्त रिहाइको माग समेत गरेका छन् ।