Close

Recent Posts

ट्रम्पको भिसा नीतिपछि कर्मचारीलाई विदेश यात्रा नगर्न एप्पल र गुगलको चेतावनी

ट्रम्पको भिसा नीतिपछि कर्मचारीलाई विदेश यात्रा नगर्न एप्पल र गुगलको चेतावनी
  • ६ पुष २०८२, आईतवार १९:५१

काठमाडौं– अमेरिकाका प्रमुख प्रविधि कम्पनी एप्पल र गुगलले अमेरिकी भिसामा कार्यरत आफ्ना कर्मचारीहरूलाई अमेरिका बाहिर यात्रा नगर्न चेतावानी दिएका छन्।

mulpatra

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको भिजामा कडाइ गरेपछि एप्पल र गुगलले यस्तो चेताानी जारी गरेको हो ।
ट्रम्प प्रशासनले भिसा आवेदकहरूको जाँच प्रक्रिया कडा बनाएको कारण विदेश गएमा पुनः अमेरिका फर्किन समस्या पर्न सक्ने जोखिम देखिएको कम्पनीहरूले उल्लेख गरेका छन् ।

अमेरिकी गृह सुरक्षा विभाग (डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ) ले नयाँ नियम लागू गर्दै यात्रुहरूको पछिल्लो पाँच वर्षसम्मको सामाजिक सञ्जाल (सोसल मिडिया) गतिविधिको जाँच अनिवार्य गरेपछि अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा भिसा अपोइन्टमेन्टका लागि लामो समय, कहिलेकाहीँ महिनौँसम्म कुर्नुपर्ने अवस्था आएको छ ।

mulpatra mulpatra mulpatra

यस कदमलाई अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले गोपनीयता माथिको हस्तक्षेप भन्दै आलोचना गरेका छन्।

तीव्र रूपमा बढेको जाँच प्रक्रिया र भिसा नवीकरणमा भइरहेको ढिलाइका कारण एप्पल र गुगलले आफ्ना केही कर्मचारीहरूलाई सम्भव भएसम्म अमेरिका नछोड्न सल्लाह दिएका हुन्। यी दुई कम्पनीमा गरी करिब ३ लाखभन्दा बढी कर्मचारी कार्यरत छन् र दुवै कम्पनी उच्च दक्ष विदेशी कामदारमा बढी निर्भर छन्।

एप्पलसँग काम गर्ने कानुनी फर्म फ्रागोमेनले हालैका परिवर्तनहरू र अमेरिका फर्किँदा अनिश्चित तथा लामो ढिलाइको सम्भावनालाई ध्यानमा राख्दै, वैध एच–वानबी भिसा स्टाम्प नभएका कर्मचारीहरूलाई अहिलेका लागि अन्तर्राष्ट्रिय यात्रा नगर्न कडा सिफारिस गरेको छ । यदि यात्रा टार्न नसकिने भए, जोखिमबारे छलफल गर्न एप्पल इमिग्रेशन टिम र फ्रागोमेनसँग पहिल्यै सम्पर्क गर्नुपर्ने बताएको छ ।

Image Source: © https://mulpatra.com

आप्रवासी कामदारमाथि बढ्दो दबाब

यस वर्षको सुरुमा ह्वाइट हाउसले नयाँ एच–वानबी भिसाका लागि कम्पनीहरूबाट प्रति भिसा १ लाख अमेरिकी डलर शुल्क लिने घोषणा गरेको थियो।

एच–वानबी भिसा विशेषगरी प्रविधि कम्पनीहरूमा लोकप्रिय छ, जसले उच्च दक्ष विदेशी कामदारहरूलाई रोजगारी दिन प्रयोग गर्छन्।

एच–वानबी भिसा सामान्यतया तीन वर्षका लागि मान्य हुन्छ र नवीकरणका लागि आवेदकले आफ्नो देशको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा जानुपर्ने हुन्छ।

तर ट्रम्प प्रशासनका नयाँ नीतिका कारण यस्ता सामान्य यात्राहरूले पनि मानिसहरूलाई महिनौँसम्म अमेरिका बाहिर अलपत्र पार्न सक्ने रिपोर्टहरू आएका छन्। एच–वानबी नवीकरणका लागि भारत गएका सयौँ भिसाधारकहरूको अपोइन्टमेन्ट स्थगित गरिएको द वाशिङ्टन पोस्टको एक रिपोर्टले देखाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया दिँदै, आवेदकहरूले अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षाका लागि खतरा नहुने सुनिश्चित गर्न थप समय आवश्यक परेको जनाएको छ। गुगलभित्र, एल्फाबेट वर्कर्स युनियनले एच–वानबी भिसामा कार्यरत कामदारका लागि थप सुरक्षाको माग गर्दै अभियान चलाइरहेको छ।