कांग्रेसका दुई तिहाई बढी सांसदले गरे संसद पुन:स्थापनाको पक्षमा हस्ताक्षर
काठमाडौं । जेनजी आन्दोलन पछि विघटीत संसदको पुन:स्थापनाका लागि कांग्रेसका दुई तिहाई बढी सांसदहरुले हस्ताक्षर गरेका छन् । जेनजी आन्दोलनले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढले पछि सुसिला कार्की नेतृत्वमा सरकार गठन भएको थियो । कार्की सरकारले तत्कालिन संसद विघटन गर्ने र छ महिनामा निर्वाचन गराउने घोषणा गरेकी थिइन् । नेकपा एमालेले सोही संसदलाई व्युँताउन संसद पुन:स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेको थियो ।

एमालेले दिएको संसद पुन:स्थापनासम्बन्धी रिट अदालतमा विचाराधिन रहेको अवस्थामा कांग्रेसका तत्कालीन प्रतिनिधिसभाका दुई तिहास बढी सांसदहरुको हस्ताक्षर संकलन गरि अदालतमा पुरक निवेदन दिने तयारी गरेको छ । सो प्रयोजनको लागि कांग्रेसका ६५ सासदले हस्ताक्षर गरेका छन् ।
तर संंसद पुनस्र्थापनार्थ संकलित हस्ताक्षरमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालासहितका केही नेताले भने हस्ताक्षर नगरेको कांग्रेस संसदीय श्रोतले जनाएको छ ।
त्यसरी संकलित हस्ताक्षर लिएर भोली सोमबार कांग्रेसका तर्फबाट पुरक निवेदन दिन लागिएको छ ।
यसअघि कांग्रेसका तत्कालीन प्रमुख सचेतक र सचेतकसहित सात सांसद र एमालेबाट तत्कालीन मुख्य सचेतक र सचेतकका तर्फबाट प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी छुट्टाछुट्टै रिट दायर भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
यस अघि पार्टीले सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनमा जाने निर्णय गरेको भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्माको अनुरोधमा पुरक निवेदन लिएर कांग्रेस जान लागेको बुझिएको छ । तर कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयमा प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण गरिनुपर्छ भन्ने उल्लेख भएपछि कांग्रेसका सांसदहरु पुरक निवेदन लिएर जान तयार भएका छन् ।



