Close

Recent Posts

माइतीघरमा मिराज ढुंगाना समूहको प्रदर्शन, केही पक्राउ

माइतीघरमा मिराज ढुंगाना समूहको प्रदर्शन, केही पक्राउ
  • ७ पुष २०८२, सोमबार १२:५६

काठमाडौं माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । सो क्रममा निकोलस भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ ।

mulpatra

प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्उ । नीहरूले १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी गाँजा खाएर आन्दोलनमा गएको समेत मेडिकल चेकजाँचमा पुष्टि भएपछि रिह्याव सेन्टरमा राख्ने सर्तमा प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको थियो ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन–जी ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् । केही घाइते पनि त्यहाँ पुगेका छन् ।

तर, प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । सोक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको छ ।