Close

Recent Posts

कार्की सरकारसँग आन्दोलन गर्न अनुमति लिनुपर्ने मिराज समुहको दाबी

कार्की सरकारसँग आन्दोलन गर्न अनुमति लिनुपर्ने मिराज समुहको दाबी
  • ९ पुष २०८२, बुधबार १५:२१

काठमाडौं– जेनजीको भावनाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको छ ।

mulpatra

३ दिनदेखि आन्दोलनरत काठमाडौंको माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वमा संयुक्त जेनजी आन्दोलन जारी छ । मिराज ढुंगाना नेतृत्वमा संयुक्त जेनजी आन्दोलनका समुहले भने लोकतन्त्र र सुशिला कार्कीसँग आन्दोलनका लागि अनुमति लिन आवश्यक नरहेको बताए ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको हो । उनी हाम्रो आन्दोलनका आडमा सरकार प्रमुख बनेकी हुन् । जसका कारण यो सरकारसँग अनुमति माग्नुपर्ने आवश्यक नरहेको मिराजले मूलपत्रसँग बताए ।

जेनजी अगुवा हरिश भट्टका अनुसार, प्रशासनको अनुमति नदिएपछि दैनिक प्रहरीले हटाउन खोजिरहेको छ । तर लोकतन्त्र र जेनजीकै आडमा सरकार भएका व्यक्तिसँग अनुमति लिन जरुरी नभएको उनको दाबी छ ।

संविधान पुनर्लेखनसँगै सर्वपक्षीय सरकार गठन गरी देशलाई निकास दिनुपर्ने माग जेनजीहरूको छ । पहिलो दिन सोमबार (पुस ७) प्रहरीले दुई दर्जनभन्दा बढी जेनजीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि मंगलबार (पुस ८) बिहान प्रहरीलाई फूल दिएर सुरु भएको प्रदर्शनमा दिउँसो प्रहरीले लाठीचार्ज गरेको थियो ।