Close

Recent Posts

नयाँ शक्ति निर्माणको प्रयासः रबि, बालेन, सुदन, सुनिल एकैठाउँमा

नयाँ शक्ति निर्माणको प्रयासः रबि, बालेन, सुदन, सुनिल एकैठाउँमा
  • १० पुष २०८२, बिहीबार १२:४५

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा नयाँ वैकल्पिक शक्ति निर्माणको लागि रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह, जेनजी अभियानका सुदन गुरुङ, नेपाली कांग्रेसका नेता तथा व्यवसायी सुनिल शर्माहरु छलफलमा जुटेका छन् ।

mulpatra

केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनको भेटघाटले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको थियो ।

आज उनै रवि, बालेनसँगै जेनजी अभियानका सुदन गुरुङ, कांग्रेस नेता सुनील शर्मा लगायतका व्यक्तिहरु बालेनका सल्लाहकार कुमार बेनको घरमा भेला भएर छलफलमा जुटेका छन् ।

mulpatra mulpatra mulpatra

चुनावको मिति नजिकिँदै गर्दा नयाँ शक्ति निर्माणका लागि समीकरण बनाउने प्रयास मा जुटेका छन् । आज बिहान मेयर बालेनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग भेट गरेका थिए ।