Close

Recent Posts

देश युवाले चाहेजस्तो बनाउने नेतृत्व आउनुपर्नेमा प्रधानमन्त्री जोड

देश युवाले चाहेजस्तो बनाउने नेतृत्व आउनुपर्नेमा प्रधानमन्त्री जोड
  • १५ पुष २०८२, मंगलवार १५:१८

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन् ।

mulpatra

टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले विभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी हुन् ।

त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भन्दै उनले फागुन २१ को निर्वाचनको वातावरण देशभरि बन्दै गएको दाबी गरिन् । दलहरूका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेश भएको उनको भनाइ छ ।

चुनाव सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै निर्वाचन प्रक्रियामा पनि उत्साहका साथ सबै पक्ष सामेल हुने विश्वास सरकारको रहेको कार्कीको भनाइ छ । सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने पनि उनले बताइन् ।

मुलुकले अब थप अस्थिरता नभइ स्थिरता र विश्वास चाहेकाले सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नरहेको कार्कीको भनाइ छ ।