Close

Recent Posts

इपीएसका माग पूरा गर्न पहल गर्ने इपीएस शाखाकी निर्देशकको आश्वासन

इपीएसका माग पूरा गर्न पहल गर्ने इपीएस शाखाकी निर्देशकको आश्वासन
  • १६ पुष २०८२, बुधबार १३:५६

काठमाडौं– रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।

mulpatra

आन्दोलित युवाहरुलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले पीडितहरुले उठाएको माग पूरा गर्ने प्रतिबद्धता जनाएकी छन् ।

युवाहरु आक्रोशित भएपछि निर्देशक आचार्यले युवाहरुको माग पूरा गर्न श्रम मन्त्रालयले पहल गर्ने बताइन्। उनको प्रतिबद्धतापछि पनि आन्दोलन भने रोकिएको छैन ।