Close

Recent Posts

३० भन्दा बढी जेनजी समुहसँग छलफल गर्दै दुर्गा प्रसाई

३० भन्दा बढी जेनजी समुहसँग छलफल गर्दै दुर्गा प्रसाई
  • १६ पुष २०८२, बुधबार १४:१०

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुई प्रसाईले आज काठमाडौं जेनजी प्रतिनिधिहरुसँग छलफल गदैछन् ।

mulpatra

जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले संयुक्त आन्दोलनमा छन् । हाल देशमा जेनजी सरकार भएपनि उनीहरुका माग सम्बोधन नभएको भन्दै गुनासो गरिरहेका बेला प्रसाईले छलफलमा जुटेका हुन् ।

बैठकले वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल भावना, बलिदान र अपेक्षाअनुसार काम गर्न असफल भएको निष्कर्ष निकालेको छ। सहभागी अभियन्ताहरूले सरकार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा उल्टै जेन्जी विद्रोहविरुद्ध षड्यन्त्र र दमनको बाटोमा उन्मुख भएको आरोप लगाएका छन् ।

सोही कारण अब वर्तमान सरकार अपदस्त गर्नुपर्ने, सर्वपक्षीय सहमतिको आधारमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र देशको दीर्घकालीन राजनीतिक संकट समाधानका लागि संविधान पुनर्लेखन अपरिहार्य भएको धारणा बैठकले सार्वजनिक गरेको छ ।