Close

३० जेनजी समुहसँग छलफल गरेका प्रसाई र प्रधानमन्त्रीबीच आज वार्ता हुँदै

३० जेनजी समुहसँग छलफल गरेका प्रसाई र प्रधानमन्त्रीबीच आज वार्ता हुँदै
  • १७ पुष २०८२, बिहीबार ११:१३

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आज काठमाडौं जेनजी प्रतिनिधिहरुसँग छलफल गरेका छन् । सुशील बरालको अध्यक्षतामा छिटै आन्दोलनको घोषणा गर्ने तयारीका विषयमा छलफल भएको हो ।

mulpatra

जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले संयुक्त आन्दोलनमा छन् । हाल देशमा जेनजी सरकार भएपनि उनीहरुका माग सम्बोधन नभएको भन्दै गुनासो गरिरहेका बेला प्रसाईले छलफलमा जुटेका हुन् ।

प्रसाई र प्रधानमन्त्री सुशिला कार्कीबीच पनि आज भेटवार्ता हुँदै छ ।

बैठकले वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल भावना, बलिदान र अपेक्षाअनुसार काम गर्न असफल भएको निष्कर्ष निकालेको छ । सहभागी अभियन्ताहरूले सरकार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा उल्टै जेन्जी विद्रोहविरुद्ध षड्यन्त्र र दमनको बाटोमा उन्मुख भएको आरोप लगाएका छन् ।

सोही कारण अब वर्तमान सरकार अपदस्त गर्नुपर्ने, सर्वपक्षीय सहमतिको आधारमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र देशको दीर्घकालीन राजनीतिक संकट समाधानका लागि संविधान पुनर्लेखन अपरिहार्य भएको धारणा बैठकले सार्वजनिक गरेको छ ।

प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् ।