सरकारसँग वार्ता गरेर निस्किएपछि प्रसाईले भने सरकारले जनमत संग्रह नगरे बच्ने उपाय छैनसोमबारसम्म माग पुरा नगरे आन्दोलनमा जाने
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानको संयोजक दुर्गा प्रसाईबीच वार्ता सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तामा फेरी वार्ता गर्ने सहमति भएको पत्रकारहरुसँग बताएका छन् ।

प्रसाईंले प्रधानमन्त्रीसँगको भेटमा जनमत सङ्ग्रह गर्न पनि आफूले प्रस्ताव गरेको बताए । ‘जनमत सङ्ग्रहमा जाऔँ भन्दा दुई तिहाइले जितेपछि मात्रै जान सकिन्छ भन्नुभयो’, प्रसाईंले भने, ‘मैले तपाईं जुन बाटोमा प्रधानमन्त्री बन्नुभयो त्यही बाटोबाट जनमत सङ्ग्रह गर्न सकिन्छ भनेर सुझाव दिएको छु ।’
उनले सरकारलाई जनमत संग्रह नगरि बस्ने उपाय र अवस्था नभएको समेत बताए । महाभियानको तर्फबाट संयोजक प्रसाईंले वार्ताको नेतृत्व गर्ने बताइको छ । ‘मागबारे आइतबारसम्मको समय दिनुस् भन्नुभयो, आइतबार सहमति भयो भने सोमबार क्याबिनेट बसेर हस्ताक्षर गर्ने भन्ने कुरा भएको छ’, प्रसाईंले आफ्ना माग पुरा नभए फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए । ‘एउटा पक्षलाई रुवाएर अर्को पक्ष मात्र चुनावमा जान पाउँदैन भनेको छु’, प्रसाईंले आफ्ना मागहरू ठुला नभएको भन्दै प्रधानमन्त्रीसँग घरजग्गा लिलाम नगर्न र उनीहरूलाई तिर्ने मौका दिन आग्रह गरेको हो । भेटमा प्रसाईंले भ्रष्टाचारीलाई कारबाहीको कुरा गर्दा प्रधानमन्त्रीले ‘त्यो सक्दैनौ’ भन्ने जवाफ दिएको बताए ।
![]() |
![]() |
![]() |
|---|
सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की स्वयं वार्तामा सहभागी हुने तय भएको छ । मंगलबार आफ्ना २७ बुँदे मागबारे जानकारी गराउन बालुवाटार पुगेका प्रसाईंलाई प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गर्ने भन्दै आजको लागि समय दिएको बुझिएको छ ।
राजसंस्था पुनःस्थापनको पक्षमा वकालत गर्दै आएको प्रसाईं समूहले राजतन्त्र र हिन्दुराष्ट्रका बारेमा जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै, प्रदेश खारेज संरचना खारेज, प्रत्यक्ष कार्यकारीको निर्वाचन जस्ता संविधान संशोधनसँग प्रत्यक्ष सम्बन्धित मुद्दा पनि २७ बुँदेमा राखेको छ ।
प्रसाईले भने सोमबारभित्र आफनो मात्र पुरा नगरे सोमबारबाट आन्दोलनको रणनीति बनाएर अघि बढ्ने चेतावनी दिएका छन् ।
Image Source: © https://mulpatra.com




