Close

Recent Posts

कांग्रेस भित्रको विवादः कांग्रेस महामन्त्रीद्वयले गरे नियमित महाधिवेशन स्थगित भएको घोषणा

कांग्रेस भित्रको विवादः कांग्रेस महामन्त्रीद्वयले गरे नियमित महाधिवेशन स्थगित भएको घोषणा
  • १८ पुष २०८२, शुक्रबार ०७:०४

काठमाडौं । नेपाली कांग्रेस भित्र बढीरहेको विवादका बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको जानकारी गराएका छन् । थापा र शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै विकल्प विशेष महाधिवेशन मात्र भएको बताएपछि कांग्रेसभित्र बढेको विवाद बाहिर आएएको हो ।

mulpatra

महामन्त्रीद्वय थापा र शर्माले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराइन्छ ।’

महामन्त्री द्वयको उक्त विज्ञप्ती पछि विधानको व्यवस्थाबारे कुरा उठेको छ । कांग्रेस विधान अनुसार सबैभन्दा ठुलो महाधिवेशन हो र त्यसपछिको महासमिति । दुबैको कार्यान्वयन गर्ने कार्यकारी निकाय केन्द्रीय समिति हो, केन्द्रीय समितिको निर्णय परिवर्तन गर्न सक्ने अधिकार कि केन्द्रीय समिति कि महाधिवेशन कि महासमितिले मात्रै गर्नसक्ने कुरा कांग्रेसका एक नेताले बताएका छन् ।

mulpatra mulpatra mulpatra

साँझ महामन्त्रीद्वयले निकालेको विज्ञप्तीको विषयमा सहमहामन्त्री महेन्द्र यादवले कानुन विपरित रहेको बताएका छन् । ‘महाधिवेशन स्थगित भयो भनेर स्थगित हुने हुँदै होइन, यो स्थगित गरेको घोषण केन्द्रीय समितिको बहुमतले नै गर्ने हो ।’