Close

Recent Posts

गगन थापाको राष्ट्रिय सहमतिको कुरा (भिडियो सहित)

गगन थापाको राष्ट्रिय सहमतिको कुरा (भिडियो सहित)
  • १८ पुष २०८२, शुक्रबार १०:२३

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चर्किँदै गएको छ । यसै बीच महामन्त्री गगन थापाले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गरेका छन् । उनले चुनावअघि नै राज्यका मुख्य संरचना सुधार गर्न सहमति आवश्यक रहेको बताएका हुन् ।

mulpatra

सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देशमार्फत् उनले सरकार परिवर्तन हुँदा सबै समस्याको समाधान नहुने बताएका छन् । निर्वाचनले संविधानलाई गति दिने भए पनि प्रशासनिक र कार्यकारी निर्णयबाट मात्रै संरचनागत समस्या हल हुन नसक्ने उनले बताएका छन् ।

जेनजी आन्दोलन र भदौ २३–२४ का घटनाहरूले नागरिकमा व्याप्त चरम असन्तुष्टि, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशलाई प्रतिविम्बित गरेको भन्दै थापाले आन्दोलनको म्याण्डेट संस्थागत गर्न सबै सरोकार एक हुनुपर्ने विचार व्यक्त गरेका छन् । ।

निर्वाचन प्रणाली र संवैधानिक निकायका नियुक्तिमा सुधारको खाँचो औँल्याउँदैसंविधानमा निश्चित मापदण्ड नै तोक्नुपर्ने समेत बताएका छन् ।

उनले सरकारी संयन्त्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतजस्ता संवैधानिक निकाय पनि राजनीतिक भागबन्डाको सिकार भएकोले तिनिहरुको नियुक्ति प्रक्रियामा परिवर्तन गर्नुपर्ने कुरा उठाएका छन् ।

त्यसैले नयाँ र पुराना सबै दलहरूलाई एउटै टेबुलमा बसेर शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारका एजेन्डामा साझा धारणा बनाउन अपिल समेत गरेका छन् ।
भिडियोः