Close

Recent Posts

बैंकवित्तको कर्जा ८.२ प्रतिशतले वृद्धि, ५५ खर्ब ८६ अर्ब पुग्यो

बैंकवित्तको कर्जा ८.२ प्रतिशतले वृद्धि, ५५ खर्ब ८६ अर्ब पुग्यो
  • १९ पुष २०८२, शनिबार १६:३३

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकवित्तको कर्जा बृद्धि भएको जनाएको छ । केन्द्रीय बैंकको वार्षिक आर्थिक रिपोर्ट अनुसार्र २०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा अघिल्लो बर्षको तुलनामा तुलनामा ८.२ प्रतिशतले वृद्धि भई रु.५५ खर्ब ८६ अर्ब २९ करोड पुगेको छ ।

mulpatra

अघिल्लो वर्ष यस्तो कर्जा ५.९ प्रतिशतले वृद्धि भएको थियो । २०८२ असार मसान्तमा कुल कर्जा कुल निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको उल्लेख छ । २०८१ असार मसान्तमा यस्तो अनुपात ७९.६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात मधेश प्रदेशमा सबैभन्दा बढी १२१.६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ५८.३ प्रतिशत रहेको छ ।

२०८२ असार मसान्तमा बंकै तथा वित्तीय संस्थाले परिचालन गरेकोकुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएकोनिक्षेपकोअंश सबैभन्दा धेरै६५.८ प्रतिशत रहेकोछ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशमा गरिएकोकर्जा प्रवाहकोअशं सबैभन्दा धरेै ५९.५ प्रतिशत रहको छ ।

mulpatra mulpatra mulpatra

बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्घि भई रु.१६ खर्ब ९९ अर्ब ४९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९.३५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।

औद्योगिक कर्जामध्ये सबभै न्दा बढी गैर–खाद्य वस्तुउत्पादनसम्बन्धी उद्योगमा ३५.२७ प्रतिशत, विद्युत ग्याँस तथा पानीसम्बन्धी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११.७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ ।

औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रु.१२ खर्ब ८० अर्ब ९७ करोड कर्जा लगानीमा रहकोछ । त्यसपछि कोशी र लुम्बिनी प्रदेशकोहिस्सा क्रमशः दोस्रोर तेस्रोक्रममा रहेकोछ ।

Image Source: © https://mulpatra.com

औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.५ प्रतिशत, मधेश प्रदेशको ७.५ प्रतिशत, बागमती प्रदशको ७१.३ प्रतिशत, गण्डकी प्रदेशको १.६ प्रतिशत, लुिम्बनी प्रदेशको ८.३ प्रतिशत, कर्णाली प्रदेशको ०.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।