Close

Recent Posts

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

  • १८ पुष २०८२, शुक्रबार १६:४१

काठमाडौं–केन्द्रीय बैंकले नेपालमा क्रिप्टो कारोबार बढेको भन्दै यस प्रति सचेत रहन सबैलाई आग्रह गरेको छ । जापान, अष्टेलिया र दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सबैभन्दा क्रिप्टो कारोबारमा सलंग्न रहेको राष्ट्र बैंकको एक अध्ययनमा भनिएको छ ।

mulpatra

जापान, अष्टेलिया र दक्षिण कोरियामा कार्यरत ३ हजारभन्दा बढी नेपाली क्रिप्टो कारोबारमा सलंग्न रहेको र उनीहरुको पहिचानका लागि सम्बन्धीत देशको राजदूतवाससँग छलफल भइरहेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको प्रतिवेदन २०२५ ले नेपालमा क्रिप्टोकरेन्सीमार्फत हुने शंकास्पद गतिविधिमा वृद्धि भएको उल्लेख छ ।
प्रतिवेदनले युवा पुस्ता, विद्यार्थी र जागिरे वर्ग क्रिप्टोको अबैधानिक कारोबारमा संलग्न रहेको देखाएको छ । प्रतिवेदनमा सन् २०२१ देखि २०२५ को जुलाईसम्ममा कुल ६५८ वटा क्रिप्टो सम्बन्धी शंकास्पद कारोबार भएको उल्लेख छ ।

क्रिप्टोको खरिद–बिक्रीपछि कारोबार बेंक मार्फत देखिएको पनि केन्द्रीय बेंकले रिपोर्टमा उल्लेख गरेको छ । रिपोर्ट अनुसार ति लकारोबारहरु मध्ये ३ सय २१ वटामाथि अनुसन्धान भइरहेको छ । जस अनुसार २ सय ३२ वटा नेपाल प्रहरीले हेरीरहेको छ भने १ सय १५ वटा राजस्व अनुसन्धान विभागले हेरीरहेको छ । प्रमाणीत भएका ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई कारबाहीका लागि जिम्मा लगाईको छ ।