Close

Recent Posts

नेपाली कांग्रेसले नियमित महाधिवेशन गर्ने निर्णय विरुद्ध फरक मत

नेपाली कांग्रेसले नियमित महाधिवेशन गर्ने निर्णय विरुद्ध फरक मत
  • १८ पुष २०८२, शुक्रबार २०:१४

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नियमित महाधिवेशन बैशाख २८–३१ गर्ने निर्णय गरेको छ । सो निर्णय उपर भने महामन्त्रीद्वय सहित ५ नेताले फरक मत राखेका छन् ।

mulpatra

निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् ।

हिजो मात्र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन पौष २८ भृकुटी मण्डपमा हुने सार्वजनिक गरेका थिए । सोही विषयमा छलफल गर्न आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ।

mulpatra mulpatra mulpatra

पुसमा प्रस्तावित महाधिवेशन गर्न सम्भव नभएपछि संशोधित कार्यतालिका पास गरेको जानकारी कांग्रेस प्रवक्तले जानकारी गराएका छन् ।
महामन्त्री थापाले भने समितिको निर्णयबारेमा कुरा गर्दै भने ‘विधानको एउटा धारा आफू अनुकूल हुँदा लागू गर्ने र अर्को धारा प्रतिकूल हुँदा लागू नगर्ने कुरा नेपाली कांग्रेसमा हुनु हुँदैन ।’

थापाले विधानको व्यवस्था सम्झाउँदै भने ‘विधानको धारा १७ (२) ले प्रष्टसँग के भन्छ भने— यदि केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा, निवेदन दिएको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ। यो कसैको इच्छा वा रोजाइको विषय होइन, यो अनिवार्य व्यवस्था हो।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने पार्टीको आधिकारिक समितिले निर्णय गरेपछि सोही अनुसार हुने बताएका छन् । निर्णय अनुसार कांग्रेसले गाउँ नगर वडा अधिवेशन– २०८२ चैत २१ गते, गाउँ नगर अधिवेशन – २०८२ चैत २५ गते गरिसक्नेछ ।

Image Source: © https://mulpatra.com

त्यसैगरी प्रदेशसभा क्षेत्रीय अधिवेशन– २०८२ चैत २८ गते, एकमात्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन– २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन– २०८३ वैशाख ५ गते गर्ने निर्णय भएको महतले जानकारी गराएका छन् ।