दुर्गा प्रसाई र चन्द्र भण्डारीबीच अर्थपूर्ण भेटवार्ता
काठमाडौं -नागरिक बचाउ महाअभियानको संयोजक दुर्गा प्रसाई र कांग्रेस नेता चन्द्र भण्डारीबीच भेटवार्ता भएकाे छ ।

उनीहरूबीच प्रसाई निवासमा भएकाे भेटवार्तामा देशकाे समसामयिक राजनीतिक घटना र आगामी राजनीतिक विषयमा छलफल भएकाे प्रसाईकाे सचिवालयले जनाएको छ ।
प्रसाई र सरकारबीच वार्ता चलिरहेका बेला भण्डारीसँग भएकाे भेटवार्ता राजनीतिक बृतमा अर्थपूर्ण रूपमा हेरिएकाे छ । प्रसाईले आफ्नो राजनीतिक गतिविधि बढाउनका लागि सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट र छलफलकाे याेजना बढाउने भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईले गत साता भएकाे वार्तामा सरकारलाई जनमत संग्रह नगरि बस्ने उपाय र अवस्था नभएको समेत बताए । महाभियानको तर्फबाट संयोजक प्रसाईंले वार्ताको नेतृत्व गर्ने बताइको छ । ‘मागबारे आइतबारसम्मको समय दिनुस् भन्नुभयो, आइतबार सहमति भयो भने सोमबार क्याबिनेट बसेर हस्ताक्षर गर्ने भन्ने कुरा भएको छ’, प्रसाईंले आफ्ना माग पुरा नभए फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए । ‘एउटा पक्षलाई रुवाएर अर्को पक्ष मात्र चुनावमा जान पाउँदैन भनेको छु’, प्रसाईंले आफ्ना मागहरू ठुला नभएको भन्दै प्रधानमन्त्रीसँग घरजग्गा लिलाम नगर्न र उनीहरूलाई तिर्ने मौका दिन आग्रह गरेको हो । भेटमा प्रसाईंले भ्रष्टाचारीलाई कारबाहीको कुरा गर्दा प्रधानमन्त्रीले ‘त्यो सक्दैनौ’ भन्ने जवाफ दिएको बताए ।



