माग सम्बोधन नभए सरकारसँगको वार्ता तोड्ने दुर्गा प्रसाईंको चेतावनी
काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सरकारले पूरा नगरे चाँडै वार्ता भंग हुने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले सरकारलाई आफ्ना एजेण्डाबारे औपचारिक जानकारी गराइसकेको र अबको कदम सरकारको जवाफमा निर्भर रहने बताएका हुन् ।
मुलुकको अवस्था बिग्रँदै गएकाले विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्केर राष्ट्र निर्माणमा जुट्न उनले अपिल गरे। आफ्ना मागहरू नागरिकको हितसँग जोडिएको दाबी गर्दै उनले सरकारले आलटाल गरे सडक संघर्ष नै अन्तिम विकल्प हुने चेतावनी दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
सरकारसँगको संवाद सफल नभए आफू सशक्त आन्दोलनमा उत्रिन तयार रहेको समेत प्रस्ट पारे। समान विचार राख्ने शक्तिहरू एक ठाउँमा उभिएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिँदै प्रसाईंले देश यतिबेला गम्भीर संकटमा रहेको दाबी गरे ।



