बालेन्द्र शाह रास्वपाको केन्द्रीय सदस्य, थपिए २६ जना, को को परे ?
काठमाडौं । काठमाडौं महानगरका मेयर बानेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बनेका छन् । रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले शाहलाई मनोनित गरेसँगै उनी सदस्य भएका हुन ।

आज बसेको केन्द्रीय समितिको बैठकले शाहसहित २६ जनालाई मनोनित गरेको छ ।
थपिएका नयाँ सदस्यहरुमा, बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउद रहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
मनोनित भएका केन्द्रीय सदस्यहरूले शपथ लिएपछि पुन केन्द्रीय समितिको बैठक बसेको छ ।



