कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७–२८ पुसमा विशेष महाधिवेशन बोलाउने सूचना जारी गरेपछि पार्टीभित्र गुटगत विवाद चुलिएको छ । महामन्त्रीद्वयकै दबाबमा पार्टीले २६–२९ पुसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर, संस्थापन पक्षले देशैभरको क्रियाशील सदस्यताको विषय नै टुंगिन नसक्दा नियमित महाधिवेशन नहुने भन्दै नियमित महाधिवेशनको मिति तोकेको छ ।
शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमितिसहित सबै समितिहरूको म्याद जेठ मसान्तसम्म थप्ने र वैशाख २८ गतेदेखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका पास गरेको थियो । त्यसमा समेत महामन्त्रीद्वय सहित ५ जनाले फरक मत जाहेर गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
पार्टीभित्र चलिरहेको यो विवादलाई समाधान गर्नका लागि आजको बैठक बोलाइएको समेत पौडेलले जनाएका छन् ।



