रास्वपाको विधान संसोधनः बालेन बरिष्ठ नेता, कुलमान उपसभापति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संसोधन गरेको छ । रास्वपासँग एकता गरेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ समेतलाई अटाउने गरि विधान संसोधन गरेको छ । संसोधन गरिएको विधानमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता थप गर्ने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह बनाउने निर्णय गरेको छ भने वरिष्ठ उपसभापति कुलमान घिसिङ भएका छन् ।
बालेन्द्र शाह सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा रहने निर्णय गरेको छ ।
हाल दुई जना उपसभापति रहेकोमा अब तीन उपसभापति रहने छन् । जसमा वरिष्ठ उपसभापति कुलमानले पाउने छन् । डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले अहिले पहिलो र दोस्रो वरीयताका उपसभापति थिए ।
![]() |
![]() |
![]() |
|---|



