विशेष महाधिवेशन हुन नदिने कृष्णप्रसाद सिटौलाको भनाई
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन हुन नदिने बताएका छन् । विशेष महाधिवेशन भए कांग्रेस फुट्नसक्ने बताउँदै कांग्रेस फुटन नदिने र त्यसका लागि विशेष महाधिवेशन हुन नदिने पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन ।

प्रतिनिधिसभा समेतमा गठबन्धन हुने चर्चा चलिरहेका बेला सिटौलाले राष्ट्रिय सभामा रणनीतिक तालमेललाई गठबन्धन भन्न नहुने बताएका छन् । तर प्रतिनिधि सभामा गठनबन्धन नहुने र कांग्रेस एक्लै चुनाव लड्ने पनि बताएका छन्। ‘प्रतिनिधि सभामा कांग्रेसको बटमलाइन नै कांग्रेस सिंगल लड्ने भन्ने हो ।’ उनले भने ।
पत्रकार छलफल कार्यक्रममा कांग्रेसले तालमेल गर्न छलफल गर्ने गरि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको समेत बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
केन्द्रीय कार्यसम्पादन समितिले अहिलेको परिस्थितिमा विशेष महाधिवेशनको औचित्य छैन भन्दै नियमित १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेकोले विशेष महाधिवेशन गर्न आवश्यक नरहेको समेत सिटौलाले बताएका छन् ।



