विशेष महाधिवेशन रोक्ने प्रयास स्वरुप कांग्रेसले गर्यो परिपत्र
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भएको भन्दै वैशाखमा महाधिवेशन गर्ने नयाँ कार्यतालिकासहित तल्ला निकायमा परिपत्र गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढाइएको जनाउँदै विशेष महाधिवेशन गर्न भनी गरिएको मागको औचित्य २०८२ मंरि १५ गतेदेखि नै स्वतः समाप्त भएको जनाएको छ ।
एकातिर क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गर्ने प्रक्रिया नटुङ्गिएको कारण अर्को तर्फ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टी केन्द्रीत हुने पर्ने अवस्थाका कारण तत्काल महाधिवेशन गर्न नसकेको जनाउँदै पत्रचार गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
यतातिर विशेष महाधिवेशनको समय तोकेर अघि बढेका महामन्त्रीद्वय सहितको टोलीले विशेष महाधिवेशन रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । विशेष महाधिवेशनको समय तोकिसकिएकोले समयमै विशेष महाधिवेशन हुने भन्दै सबै महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन महामन्त्री गगन थापाले आग्रह गरेका छन् ।
यस्तो छ परिपत्र




