Close

Recent Posts

राष्ट्रियसभाको ७ सीटमा एमालेको दाबी,ओलीलाई तालमेल गर्ने जिम्मा

राष्ट्रियसभाको ७ सीटमा एमालेको दाबी,ओलीलाई तालमेल गर्ने जिम्मा
  • २२ पुष २०८२, मंगलवार १३:५८

काठमाडौं– नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ। सचिवालय बैठकपछि कांग्रेस र नेकपासँगको छलफलमा आफूहरूले हरेक प्रदेशमा एकजना पर्ने गरी ७ सीट माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

mulpatra

उनले अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै अध्यक्षले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको बताए ।

राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको बताए। राष्ट्रियसभाको रिक्त हुन लागेको १८ सीटमा माघ ११ गते चुनाव हुँदैछ । त्यसमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर जान एमाले सहमत भइसकेको छ।

mulpatra mulpatra mulpatra