Close

Recent Posts

महाधिवेशनमा हारेका रिमाल राम्रो मान्छे भन्दै ओलीले दिए जिम्मेवारी, पोखेरललाई वाइपास सुरु

महाधिवेशनमा हारेका रिमाल राम्रो मान्छे भन्दै ओलीले दिए जिम्मेवारी, पोखेरललाई वाइपास सुरु
  • २२ पुष २०८२, मंगलवार १६:०७

काठमाडौं– ११औँ महाधिवेशनमा उपमहासचिव पदमै पराजित भएका नेता विष्णु रिमाल एमालेभित्र झनै शक्तिशाली भूमिकामा ल्याएका छन् ।

mulpatra

चुनावी तयारीलाई केन्द्रमा राख्दै बसेको एमाले सचिवालय बैठकले रिमाललाई पार्टीका तीनवटै रणनीतिक र निर्णायक जिम्मेवारी दिएको एमालेले जनाएको छ । महाधिवेशनमा पराजित नेताले यति धेरै जिम्मेवारी पाउनुले ओलीको ‘कोर टिम’ बलियो बनाउने रणनीति देखाउँछ । आजै ओलीको अडानपछि ईश्वर पोखरेलको जिम्मेवारी खोसिएको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

mulpatra mulpatra mulpatra

महाधिवेशनमा पदाधिकारी बन्न नसके पनि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने रिमाललाई पार्टीले आगामी निर्वाचनको ‘की प्लेयर’का रूपमा अघि सारेको देखिएको छ ।

सचिवालयको मंगलबारको बैठकले गरेको निर्णयअनुसार उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बनेको शक्तिशाली निर्वाचन परिचालन समितिमा विष्णु रिमाल सचिव तोकिएका छन् । चुनावी रणनीति, संगठन परिचालन र मैदान व्यवस्थापनको मुख्य कार्यान्वयन तह अब रिमालकै हातमा पुगेको छ ।

नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा रिमालको नियुक्ति गरिएको छ । सचिवालय बैठकले नियमावली संशोधन गर्दै ओलीकै प्रस्तावमा रिमाललाई प्रतिष्ठान प्रमुख बनाउने निर्णय गरेको हो । यसले पार्टीको वैचारिक लाइन, नीति र दीर्घकालीन एजेन्डामा रिमालको सीधा प्रभाव स्थापित गरेको छ ।

Image Source: © https://mulpatra.com

अध्यक्ष ओली स्वयं संयोजक रहेको घोषणापत्र मस्यौदा समितिमा पनि रिमाल सदस्य बनेका छन् । अर्थात्, एमाले चुनावमा के बोल्ने, के वाचा गर्ने ? त्यसको खाका बनाउने कोर टिममा रिमाल नै छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com