Close

Recent Posts

चुनावको मुखमा भारत फकाउन शीर्ष नेताकै दिल्ली दौड, बाबुराम, प्रचण्ड र आरजुपछि ज्ञवाली, राजन र स्वर्णिम जाँदै

चुनावको मुखमा भारत फकाउन शीर्ष नेताकै दिल्ली दौड, बाबुराम, प्रचण्ड र आरजुपछि ज्ञवाली, राजन र स्वर्णिम जाँदै
  • २२ पुष २०८२, मंगलवार १७:३०

काठमाडौं– आगामी फागुन २१ लाई तोकिएको चुनावी सरगर्मी बढ्दै जाँदा शीर्ष नेताहरूको भारत भ्रमण अस्वाभाविक रूपमा बाक्लिँदै गएको छ । निवार्चनका मुखमा शीर्ष नेताको भारत दौडलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

mulpatra

गत पुसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमण सकेर फर्किन नपाउँदै नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दुईदिने दिल्ली यात्रामा निस्किएका थिए । उनले अजित डोभालसहित भाजपा नेताहरूसँग भेटघाट गरेर सोमबार राति नेपाल फर्किसकेका छन् ।

प्रचण्डले मोदीका सुरक्षा सल्लाहकार अजित डोभलबीच आइतबार राति नयाँ दिल्लीको ताजमान सिंह होटलसँग भेटवार्ता गरे । त्यसक्रममा डोभलले प्रचण्डलाई सरकारले तोकेको निर्वाचनको मिति अनुसार विकल्प खोज्नु आवश्यक नरहेको र निर्वाचनमार्फत मात्र राजनीतिक स्थिरता कायम रहन सक्ने सन्देश दिएका थिए ।

mulpatra mulpatra mulpatra

प्रचण्डले भने नयाँ दिल्लीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक ढङ्गले भारतीय नेताहरूसँग आफ्नो समीक्षा भएको बताए ।

प्रचण्डले दिल्ली जानुअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरेको बताए। उनीहरूबीचमा आगामी निर्वाचनमा सहकार्य गर्नेबारेमा छलफल भएको बताइयो ।

प्रचण्ड नेपाल फर्किरहँदा नै नेपाली कांग्रेस नेतृ आरजु राणा देउवा दिल्ली उत्रिएकी थिइन् । औपचारिक रूपमा स्वास्थ्य उपचार भनिए पनि, कांग्रेस वृत्तमा उनलाई सभापति शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा राजनीतिक संवादका लागि पठाइएको चर्चा छ। उनी हाल पनि दिल्लीमै छिन् ।

Image Source: © https://mulpatra.com

यसअघि ७ पुसमा पूर्वप्रधानमन्त्री भट्टराई मुम्बईदेखि दिल्लीसम्म राजनीतिक भेटघाट र कूटनीतिक छलफलहरूमा सहभागी भएका थिए। भारतका पूर्वराजदूतहरूले आयोजना गरेको कार्यक्रममा उनको सक्रिय उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

दिल्लीमा उनले भारतीय उच्च अधिकारीसँग अनौपचारिक कुराकानीसमेत गरेका थिए । भेटवार्तामा भारतीय अधिकारीले नेपालमा तोकिएकै समयमा निर्वाचन होस् भन्ने चाहेको भट्टराईले बताएका थिए ।

‘भारतीय अधिकारीहरूको नेपालमा चुनाव होस् र हाम्रोतर्फबाट पूरा सहयोग हुन्छ भन्ने धारणा छ,’ उनले भनेका थिए । अहिले फेरि एमाले सचिव डा. राजन भट्टराईसहित पार्टीका अन्य नेताहरू पनि केही दिनभित्रै दिल्ली जाने तयारीमा छन् ।

यता, प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी पनि उपचारका सिलसिलामा दिल्लीमै छन् । श्रीमान् बिरामी भएर उनी दिल्ली पुग्नु र अरू शीर्ष नेता पनि पुग्नुलाई संयोगको रूपमा मात्र हेरिएको छैन ।

पछिल्लो कडीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले दिल्ली प्रस्थान गर्न लागेका छन् । भने एमालेको नेता प्रदिप ज्ञवाली समेत भारत जाने तयारीमा छन् । ज्ञवाली कहिले जाने भनेर खुलेको छैन । तर ज्ञवाली अर्को साता भारत जाँदैछन् ।

याे भिडियाे पनि

वाग्ले बिहीबार ‘जेनजी आन्दोलनपछिको नेपाल–भारत सम्बन्ध’ विषयक सेमिनारमा सहभागी हुन भारत जान लागेको रास्वपाले जनाएको छ । रास्वपा स्रोतका अनुसार उनलाई भारत हेर्ने जिम्मा दिएको छ ।

उक्त कार्यक्रम विवेकानन्द इन्टरनेसनल फाउन्डेसन र नेटस्ट्राट नामक दुई प्रभावशाली भारतीय थिंक ट्यांकले संयुक्त रूपमा आयोजना गर्दैछन् । वाग्लेसँगै नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेल पनि दिल्ली जाँदैछन् ।

विवेकानन्द फाउन्डेसनका संस्थापक निर्देशक हुन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभाल । यस्तै, नेटस्ट्राटका प्रमुख पूर्वसहायक राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरण हुन् । यी संस्थामार्फत हुने छलफललाई नेपाल–भारत सम्बन्धको ‘सॉफ्ट डिप्लोमेसी’सँग जोडेर हेरिँदै आएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com