राष्ट्रिय सभामा जुट्यो सहमति कांग्रेस–एमालेको भागमा ७ पर्दा नेकपाले ३ पाउने
काठमाडौं । राष्ट्रिय सभामा खाली रहेको १९ पदका लागि प्रमुख राजनीतिक दलबीच सहमति जुटेको छ । १९ मध्ये १ सरकारले नियुक्ति गर्ने भएकाले १८ सदस्यमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले ७÷७ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) ले १ सिट पाउने गरि सहमति भएको छ ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच तालमेलको सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार कांग्रेस र एमालेले ७÷७, नेकपाले ३ र जसपाले १ सीट दिनेगरी सहमति भएको उनले बताए ।
