Close

Recent Posts

एमालेबाट राष्ट्रिय सभाका उम्मेदवार चयन

एमालेबाट राष्ट्रिय सभाका उम्मेदवार चयन
  • २३ पुष २०८२, बुधबार १०:०२

काठमाडौँ । आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारहरु चयन गरेको छ ।

mulpatra

राष्ट्रिय सभाका लागि ४ दल मिलेर जाने सहमति भएको छ । सोही अनुसार प्रमुख दल एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर अघि बढ्ने निर्णय भएको छ जसअनुसार एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारहरु तय भएका हुन् ।
उम्मेदवारहरुमा कोशी प्रदेशबाट रोशनी मेचे र सोमनाथ पोर्तेल बागमतीमा डा प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रियसभाको खाली १९ मध्ये १८ सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । १ जना भने सरकारबाट मनोनयन हुने भएकोले १८ जनाको उम्मेदवारी दर्ता हुन लागेको हो ।

mulpatra mulpatra mulpatra

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।