संघका अध्यक्षको नाडी छामेका श्रममन्त्रीले कार्यदलमार्फत अनुसन्धानमा प्रहरी परिचालन गर्दै, श्रमकै कर्मचारी त्रासितगुरुङनै म्यानपावरमा छापा हार्नुपर्छ भन्दै हिड्छन्
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व अहिले भुवनसिंह गुरुङले गरिरहेका छन् । हाल उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीसँग राम्रो सम्बन्ध छ भन्दै व्यवसायीमा एक किसिमको भ्रम समेत फैलाइरहेका छन् ।

तर उनै गुरुङले नेतृत्व गरेका संघका नाडी र शक्ति राम्रो अध्ययन गरिसकेका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले विशेष कार्यदल गठन तयारी र छलफलमा जुटेका छन् । विशेष कार्यदलमा प्रहरीको युनिट नै खडा गरेर एक्सनममा उत्रिने संकेत पटक–पटक जानकारी पनि उनले दिइसकेका छन् ।
कार्यदलमा वैदेशिक रोजगार विभाग, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय, रोजगारविज्ञ, सरोकारवाला निकाय र वैदेशिक रोजगारी क्षेत्रमा कलम चलाउँदै आएको मिडियाकर्मी समेत सलंग्न हुने श्रम मन्त्रालयले जनाएको छ ।
श्रम मन्त्रीसँग राम्रो सम्बन्ध कायम गरेको भ्रम फैलाइरहेका संघ अध्यक्ष भुवनसिंह गुरुङले समेत विशेष कार्यदलमार्फत म्यानपावर, कन्सल्टेन्सी र व्यक्तिगत भिसामा कामदार पठाएर ठगिको आरोपमा मुछिएका व्यक्तिमाथि प्रहरी चलाउन सहमति दिएको श्रम स्रोतको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
संघका अध्यक्ष गुरुङले संघकै निर्णय भन्दै विशेष कार्यदलमार्फत प्रहरीले वैदेशिक रोजगारी क्षेत्रमा प्रहरी परिचालन गर्दा कुनै आपत्ति नहुने जानकारी मन्त्रालयलाई गराएपछि विशेष कार्यदलमार्फत प्रहरी परिचालनको तयारीमा श्रम मन्त्री छन् ।
विशेष कार्यदलमा प्रहरीको भुमिका कस्तो र कसरी परिचालन गर्ने विषयमा छलफल भइरहेको छ । यसमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले सहमति दिएको सूचना पाएको यी कर्मचारीले बताए । ‘संघका अध्यक्षले नै कतिपय म्यानपावरमा छापा हान्नुपर्छ भनेर विभागका महानिर्देशक र निर्देशक दबाब दिदै आएका छन् । उनले केही म्यानपावरको लिष्ट समेत विभागमार्फत श्रम मन्त्रालयमा पठाउन लगाएका छन् ।’ उनले भने । संघका अध्यक्षका समेत विभागमा ठगिका उजुरी परेका र कतिपय उनले मेलमिलापमार्फत मिलाएको उनको भनाइ छ ।
यस विषयमा बुझन खोज्दा संघका अध्यक्षले मूलपत्रको फोन उठाएनन् । यस विषयमा संघका कुनैपनि पदाधिकारी बोल्न चाहेनन् । संघका अध्यक्ष स्यंम भिसा कारोबार र व्यक्तिगत भिसामा कामदार पठाउने मद्धा र आरोप लागेका व्यवसायी हुन् । भने संघकै कतिपय पदाधिकारी संस्थागत युरोपको रोजगार सरकारले नखुलाउँदा व्यक्तिगत भिसामा कामदार पठाइरहेका छन् ।
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगार व्यवसायका बेथितिले ठुलो चुनौती खडा गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक अध्ययनमा भनिएको छ । वैदेशिक रोजगारी क्षेत्रका समस्या भनेको रोजगारीका नाममा ठगि, रोजगारदाता देशमा लगाइने सिण्डिकेट, कामदार समस्यामा पर्ने, शहर–शहरमा खडा गरिएको एजेन्ट, भिसा कारोवार र व्यक्तिगत भिसामा कामदार पठाउनु भएको श्रम मन्त्रालयको उक्त अध्ययनमा भनिएको छ ।
विशेष कार्यदल गठन गरी श्रम मन्त्रालयले वैदेशिक रोजगारी ठगि, कन्सल्टेन्सीको ठगि र व्यक्तिगत भिसाका नाममा भइरहेको ठगि नियन्त्रण गर्ने श्रम मन्त्रीले बताए । विशेष कार्यदलको काम भनेको वैदेशिक रोजगारी क्षेत्रका बेथीति, ठगि, कामदारका समस्या र वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित कसरी बनाउने भन्ने भएको उनले बताए ।
तर विशेष कार्यदलमा प्रहरीको एसएसपि र डिएसपीको कमाण्डमा प्रहरी परिचालन गर्ने गरी विशेष कार्यदल गठनको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको सूचना पाएको वैदेशिक रोजगार विभागका एक कर्मचारीले जानकारी दिए ।
विशेष कार्यदलमार्फत प्रहरी परिचालन गर्ने विषयमा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागकै कर्मचारी त्रासित भएका छन् ।
प्रहरीले विशेष कार्यदल म्यानपावर क्षेत्रमा मनपरी ढंगले छाप हाने भन्ने त्यसको अपजस वैदेशिक रोजगार विभाग र निजामति कर्मचारीमाथि आउने श्रम कर्मचारीहरु बताउँछन् । फेरी वैदेशिक रोजगार ऐनमा आवश्यक परेको खण्डमा प्रहरीसँग सहकार्य गरेर नागरिका लागि काम गर्न सक्ने भनिएको छ । विशेष कार्यदलमा प्रहरी भुमिका के भन्ने मात्र प्रश्न भएको यी कर्मचारीको भनाइ छ । विशेष कार्यदलमार्फत परिचालन भएको प्रहरीले कर्मचारीको काम कारवाही र अनुसन्धानमा हस्तक्षेप गरे भने त्यसको परिमाण लगत निस्कने उनको बुझाइ छ ।
यही अध्ययनका आधारमा श्रम मन्त्रालयले विशेष कार्यदल गठन तयारी र छलफलमा जुटेका छन् । संघले युएई भिसा प्रक्रियामा श्रमिकमाथि परेको आर्थिक भार हटाउन र युरोपेली मुलुकहरूको मागपत्र प्रमाणीकरण सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । उनीहरुसँग भएको भेटघाटमा समेत श्रम मन्त्रीले विशेष कार्यदल गठन गर्ने बताउँदै आएका छन् ।
विभागमा एक दशकयता ठगिका मुद्दा छन् । करिब ४० हजारभन्दा बढी ठगी मुद्दा अनुुन्धान क्रममा छन् । जसमा ७० प्रतिशत म्यानपावरका नाममा उजुरी परेका छन् । उजुरी गर्ने मान्छे सम्र्पकमा नआएका कारण आधाभन्दा बढी विचारधिन अवस्था रहेको विभागले नै जनाएको छ । यी मुद्दा समयमा कति कार्यन्वयन भएनन् । यो प्रश्नसँगै अनुसन्धानको विषय भएको उनको भनाइ छ ।
सरकारसँग लाइसेन्स दिएर कर तिरेर व्यवसायी गरिरहेका कारण सरकार फेरिएपछि वैदेशिक रोजगार ऐन मिचेर व्यवसायीको मनोबल गिराउने काम भइरहेको एक म्यानपावर व्यवसायीले बताए । उनका अनुृकार सरकारले विषेश कार्यदल बनाएर म्यानपावर व्यवसायीमा आक्रमण गरे सबै व्यवसायीले सरकारलाई चाबी बुझाउने उनको चेतावनी छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



