रवि–बालेन २० वर्ष चुनाव नजित्ने ओलीको दाबी

रवि–बालेन २० वर्ष चुनाव नजित्ने ओलीको दाबी
  • २३ पुष २०८२, बुधबार १७:२१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकार आफ्नो दायराभन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाए ।

mulpatra

उनले अहिले चुनाव हुनसक्ने अवस्था नरहेको भन्दै संसद् पुनस्र्थापनाको विकल्प नभएको बताए। उनले सेना परिचालन गर्दैमा शान्तिपूर्ण चुनाव हुन्छ भन्ने नरहेको बताए।

उनले भने, सधैँको चुनावमा सेना परिचालन हुन्छ, तर मैले सेना परिचालन गर्न हुँदैन भनेर अपव्याख्या गरेर प्रचार गरियो। सेना परिचालन गर्दैमा चुनाव शान्तिपूर्ण हुन्छ भन्ने होइन। सेना ब्याक फोर्सको रूपमा पछाडि बस्ने हो, बुथ कुरेर बस्ने होइन।

mulpatra mulpatra mulpatra

सरकारले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गरे। उनले भने, ‘एमाले कांग्रेसले चुनाव जित्ने भए चुनावै नगराउने अरे, अनि फलानाले जित्ने भने मात्रै गराउने अरे ती फलाना फलानाले आउने २० वर्ष चुनाव जित्ने वाला छैन। अब के गर्ने, चुनाव नगराउने ? अब २० वर्ष तिनले चुनाव जित्ने वाला छैनन्, यो भोँपु बजाउनु बेग्लै कुरा हो। म फेरि दोहो¥याएर भन्छु चुनाव गराए एमालेले जित्छ।’

यो सरकारले चुनावको वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको भन्दै आपत्ति जनाए। रवि लामिछानेले नेतृत्वको रास्वपाले काठमाडौंका मेयर बालेन शाहलाई उम्मेदवारको रूपमा अघि सारेको छ।

त्यसबारे उनले भने, ‘कि हामीले उहाँहरूले नै जित्नुहुन्छ भन्दिनुपर्ने ? उहाँहरूले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारले महान् काम गरेको छ, देश बनाएको छ भन्दिनुपर्ने ? बनाउनको दिमाग ठिक ठाउँमा हुनुपर्छ। उन्मादमा नशामा देश बन्दैन।’

Image Source: © https://mulpatra.com

यो सरकार डेमोक्रेसी, संविधान, हेटौँडाका घर, सुकुम्वासीको बस्तीसहित भत्काउनेबाहेक कुनै बनाउने काम नगरेको बताए।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com