Close

Recent Posts

५ महिनामा १.६३ प्रतिशतले बढ्यो महँगी

५ महिनामा १.६३ प्रतिशतले बढ्यो महँगी
  • २७ पुष २०८२, आईतवार १४:२३

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनामा महँगी १.६३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजकि गरेको देशको बर्तमान अवस्थामा २०८२ मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता महँगी १.६३ प्रतिशत रहेको देखिएको छ ।

mulpatra

आर्थत ५ महिना अगाडी १०० रुपैयाँ पर्ने सामान अहिले १०१ रुपैयाँ ६३ पैसा पर्न थालेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ६.०५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको महँगी ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको महँगी क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

mulpatra mulpatra mulpatra

५ महिनामा १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत महँगी ४.८९ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको केन्दीइ बैंकले जनाएको छ ।

तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

Image Source: © https://mulpatra.com

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको३.८५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८३ प्रतिशतले बढेको राष्ट्रले बताएको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता महँगी २.५४ प्रतिशत, मधेस प्रदेशको २.०१ प्रतिशत, बागमती प्रदेशको १.४८ प्रतिशत, गण्डकी प्रदेशको१.०८ प्रतिशत, लुम्बिनी प्रदेशको १.६७ प्रतिशत, कर्णाली प्रदेशको १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.४० प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता महँगी १.९५ प्रतिशत, तराईको १.७१ प्रतिशत, पहाडको १.३६ प्रतिशत र हिमालको १.४७ प्रतिशत रहेको छ । मङ्सिर महिनामा वार्षिक विन्दुगत थोक महँगी २.७८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ६.५२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक महँगी ०.४१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक महँगी क्रमशः ४.२७ प्रतिशत र २.०९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ४.५२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com